aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

बैंकर्स संघको अध्यक्षमा सुनिल केसी चयन, उपाध्यक्षमा माछापुच्छ्रे बैंकका सिईओ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २८ पुस २०७९
बैंकर्स संघको अध्यक्षमा सुनिल केसी चयन, उपाध्यक्षमा माछापुच्छ्रे बैंकका सिईओ

काठमाडौं । नेपाल वैकर्स संघको अध्यक्षमा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी चयन भएका छन् । बुधबार सम्पन्न विशेष साधारणसभाले वाणिज्य बैंकहरुको छाता संगठनका रुपमा रहेको बैंकर्स संघको अध्यक्षमा केसीलाई सर्वसम्मतले चयन गरेको हो । 

कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यय अध्यक्ष रहेका थिए ।  तर, कृषि विकास बैंकमा उनको सीइओको पदाअवधि सकिएकाले उनको स्थानमा केसीलाई अध्यक्ष चयन गरिएको हो ।

संघको विधानले प्रमुख कार्यकारी अधिकृत नहुने बित्तिकै संघमा रहेको पद पनि जाने व्यवस्था गरेको छ। त्यस्तै, निवर्तमान अध्यक्षमा नबिल बैकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगाना रहेका छन् । उपाध्यक्षमा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला, निर्विरोध निर्वाचित भएका छन् ।

त्यस्तै, सदस्यहरुमा लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाह, नेपाल एसबीआई बैंकका प्रमुख कार्यकारी अधिकृत दिपक कुमार दे, नेपाल बैकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी, एनआइंसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने, एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा चयन भएका छन् । 

बैंकर्स संघको सल्लहकारमा हिमालय बैकका प्रमुख कार्यकारी अधिकृत अशोक शमसेर जबरा राणा रहेका छन् । 

प्रतिक्रिया दिनुहोस