aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

साल्ट ट्रेडिङ र कर्पोरेट डेभलपमेन्ट बैंकले गरे लाभांश घोषणा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २८ पुस २०७९
साल्ट ट्रेडिङ र कर्पोरेट डेभलपमेन्ट बैंकले गरे लाभांश घोषणा

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन र कर्पोरेट डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेका छन् । कम्पनीहरुले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश दिने घोषणा गरेका हुन । 

साल्ट ट्रेडिङ कर्पोरेशनको बिहिबार बिहान बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश दिने भएको हो । 

त्यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले ५.२६ प्रतिशत लाभां दिने घोषणा गरेको छ । बैंकले हाल कायम रहेको चुक्ता पुँजीको ५ प्रतिशतका दरले हुन आउने २ करोड ५० लाख रुपौयँ बराबरको बोनस शेयर र ०.२६ प्रतिशतका दरले हुन आउने १३ लाख १५ हजार ७८९ रुपैयाँ बराबरको करसहितको नगद लाभांश दिने घोषणा गरेको हो । 

प्रतिक्रिया दिनुहोस