aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

बैंकहरूले माघमा ब्याजदर घटाउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २८ पुस २०७९
बैंकहरूले माघमा ब्याजदर घटाउने

काठमाडौं । वाणिज्य बैंकहरूले माघमा ब्याजदर घटाउने भएका छन् । बुधबार बसेको वाणिज्य बैंकहरूको छाता सङ्गठन नेपाल बैंकर्स संघको बैठकले माघ महिनाका लागि बैंकहरूले एक दशमलव १३ प्रतिशत ब्याजदर घटाउने निर्णय गरेको संघले जनाएको छ । 

हाल वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दति निक्षेपमा १२ दशमलव १३३ प्रतिशत र संस्थागततर्फ नौ दशमलव १३३ प्रतिशत ब्याज तोकेका छन् । रेमिट्यान्स मुद्दति खातामा १५ दशमलव ३३३ प्रतिशतसम्म ब्याज रहेको छ । माघमा भने बैंकहरूले व्यक्तिगत मुद्दति निक्षेपमा ११ प्रतिशत र संस्थागततर्फ नौ प्रतिशत ब्याज तोकेका छन् । रेमिट्यान्स मुद्दति खातामा १२ प्रतिशत ब्याजदर तोक्नेछन् । 

प्रतिक्रिया दिनुहोस