aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

सिन्धु विकास बैंकले पुसमा साधारण सभा गर्न नसक्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २८ पुस २०७९
सिन्धु विकास बैंकले पुसमा साधारण सभा गर्न नसक्ने

काठमाडौं । सिन्धु विकास बैंक लिमिटेड पुस मसान्तभित्र साधारण सभा गर्न नसक्ने भएको छ । कम्पनीले बिहीवारनेप्सेमा एक सूचना जारी गर्दै साधारण सभा पुस मसान्तभित्र गर्न नसकिने जानकारी गराएको हो ।आर्थिक वर्ष २०७८/७९ का वित्तीय विवरणहरू बाह्य लेखापरीक्षकबाट परीक्षण कार्य सम्पन्न भई नेपाल राष्ट्र बैंकमा स्वीकृतिको प्रक्रियामा रहेको हुँदापुस मसान्तभित्र साधारण सभा सम्पन्न गर्न नसक्नेकम्पनीले जानकारी गराएको हो ।

साथै कम्पनीलेआव २०७८/७९ को वार्षिक साधारण सभा चैत मसान्तसम्म सम्पन्न गर्ने जनाएको छ ।नेपाल राष्ट्र बैंकको नियमावलीमा बैंक तथा वित्तीय संस्थाहरूले आर्थिक वर्ष सकिएको ६ महिनाभित्र वार्षिक साधारण सभा गरिसक्नुपर्ने प्रावधान रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस