aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

डिजिटल बैकिङ्गमा सिटिजन्स बैंकको थप सुविधा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २९ पुस २०७९
डिजिटल बैकिङ्गमा सिटिजन्स बैंकको थप सुविधा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले डिजिटल बैकिङ्ग क्षेत्रमा अग्रणी स्थानमा रहि नविनतम प्रविधिद्वारा सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको छ ।

यस बैकले ग्राहकको अनुभव अभिवृद्धि गर्न र भौतिक रुपमा शाखामा जाँदा हुने झन्झट कम गर्न, सिटिजन्स स्मार्ट एपबाट सिधै मुद्दती निक्षेप खाता खोल्ने नयाँ सुविधा ल्याएको छ । 

जहाँ ग्राहकहरूले विभिन्न मुद्दती निक्षेप योजनाहरू, अवधि र इच्छित रकम चयन गर्न सक्नेछन् । फिक्स्ड डिपोजिट रकमको न्यूनतम सीमा १० हजार रुपैयाँ र अधिकतम रकम ५० लाख रुपैयाँमा सेट गरिएको छ । 

त्यसैगरी, सिटिजन्स स्मार्ट एपबाट मुद्दती निक्षेप अनुरोध सुविधा पनि ल्याईएको जनाएको छं ।  जसमा मुद्दती निक्षेप खाता भएका ग्राहकहरूले मुद्दती निक्षेप रकमको ९० प्रतिशतसम्म मुद्दती निक्षेप खातामा ऋणको लागि अनुरोध गर्न सक्नेछन् । 

यसबाहेक, शाखामा आउने ग्राहकहरूको अमूल्य समयलाई कम गर्न यस बैंकको कर्पोरेट कार्यालयमा रहेको कियोस्क सेल्फ(सर्भिस प्रणालीबाट मुद्दती निक्षेप खोल्ने सुविधा पनि ल्याईएको छ।
 

प्रतिक्रिया दिनुहोस