aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

एनआईसी एशिया बैंकको वार्षिक साधारण सभा सम्पन्न

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २९ पुस २०७९
एनआईसी एशिया बैंकको वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको २५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा  शुक्रबारका काठमाडौंको तिलगंगा स्थित होटल आनन्द प्रालि (आरोग्य हल) मा सम्पन्न भएको हो । 

बैंकको वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणहरू उपर छलफल गरी स्वीकृत गर्नुका साथै बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन/थप गर्ने प्रस्ताव पारित गरेको छ । 

सो सभाले कात्तिक २ गते सम्पन्न सञ्चालक समितिको ५७१ औं बैठकको निर्णयानुसार सर्वसाधारण शेयरधनी समूहको तर्फबाट सञ्चालकमा वसौटी–६, कैलाली स्थायी ठेगाना भई हाल शान्तिनगर–३१, काठमाडौं निवासी केशवप्रसाद लम्साललाई नियुक्त गरेको निर्णयलाई अनुमोदन समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस