aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

महालक्ष्मी विकास बैंंकको वार्षिक साधारण सभा सम्पन्न, १०.४७ प्रतिशत लाभांश पारित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २९ पुस २०७९
महालक्ष्मी विकास बैंंकको वार्षिक साधारण सभा सम्पन्न, १०.४७ प्रतिशत लाभांश पारित

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडकोे एक्काईसौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा बैंक सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा शुक्रबार लैनचौर ब्याङ्केट, नेपाल स्काउट कम्पाउन्ड, लैनचौर, काठमाडौमा सम्पन्न भएको हो । 

यस अवसरमा आ.व. २०७८/७९ को संचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरि पारित गरिएको छ । बैंकको लेखापरीक्षकको प्रतिवेदनसहित २०७९ आषाढ मसान्तको वासलात, आव २०७८/७९ को नाफा नोक्सानीको हिसाव तथा नगद प्रवाह विवरण लगायतका एकीकृत वित्तीय विवरणहरु छलफल गरी स्वीकृत गरिएको छ ।

यसै गरी वार्षिक साधारण सभाले संचालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०७८/७९ को सञ्चित मुनाफा रकमबाट शेयरधनीहरुलाई हाल कायम रहेको चुक्ता पूँजीको ४ प्रतिशतका दरले बोनस शेयर र ६.४७ प्रतिशत नगद लाभांश (लाभांशमा लाग्ने कर सहित) गरि कुल १०.४७ प्रतिशत लाभांश  वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ । 
    
उक्त साधारण सभाले विदेशी बैंक तथा वित्तीय संस्थालाई रणनीतिक साझेदार÷लगानी कर्ताको रुपमा भित्र्याउने प्रस्ताव पारित गरेको छ । सभाले आ.व. २०७९/८० मा बैंकको लेखापरिक्षण गर्न जेबि राजभण्डारी एण्ड डिविन्स चाटर्ड एकाउण्टेन्ट्सलाई लेखापरीक्षकमा नियुक्ती तथा निजको पारिश्रमिक अनुमोदन गरेको छ । साथै सभाले बैंकको प्रबन्धपत्र र नियमावलीका दफा तथा नियममा संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ । 

सभाका अध्यक्ष उपाध्यायले शेयरधनीहरुबाट प्राप्त सल्लाह सुझावलाई शिरोधार्य गर्दै बैंकले ग्राहकहरुको सन्तुष्टि एवं लगानीको उचित प्रतिफल प्रदान गर्न बैंकका क्रियाकलापहरुलाई विशिष्टीकरण गर्दै अझ बढि सक्षमताका साथ गुणस्तरीय वित्तीय सेवा प्रदान गर्ने प्रण गरेको छ । साथै आगामी दिनमा थप प्रगति हाँसिल गर्न जस्तोसुकै प्रतिकुल परिस्थितिको पनि सामना गर्न सक्ने तयारी गर्न कुनै कसर बाँकी नराख्ने प्रतिवद्घता व्यक्त गरे । 

साथै शेयरधनी तथा बैंकसँग सम्बन्धित सम्पूर्ण सरोकार पक्षहरुले पुर्याएको सहयोगको लागि धन्यवाद प्रकट गर्दै यस्तै सहयोग तथा सदासयता निरन्तर प्राप्त हुने आशा प्रकट गरे । 

प्रतिक्रिया दिनुहोस