aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

प्राइम कमर्सियल बैंकको १५ औं वार्षिक साधारणसभा सम्पन्न

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २९ पुस २०७९
प्राइम कमर्सियल बैंकको १५ औं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । यस प्राइम कमर्सियल बैंकको १५ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त सभा बैंकका अध्यक्ष राजेन्द्र दास श्रेष्ठको सभापतित्वमा कार्की ब्याङ्क्वेट, ववरमहल, काठमाडौंमा बिहीबार सम्पन्न भएको हो ।  सभाले आर्थिक बर्ष २०७८/७९ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन पारित गरेको छ । 

उक्त सभाले सञ्चालक समितिले सिफारिश गरे बमोजिम बैंकको चुक्ता पूँजीको ४.९५ प्रतिशत दरले नगद लाभांश र चुक्ता पूँजीको ४ प्रतिशतका दरले बोनस शेयर दिने प्रस्ताव पारित गरेको छ ।  

बैंकको नियमावली अनुसार उक्त सभाबाट संस्थापक शेयरधनीहरूको तर्फबाट सञ्चालक पद ३ मा राजेन्द्र दास श्रेष्ठ, उदय मोहन श्रेष्ठ र नरेन्द्र बज्राचार्य र सर्वसाधारण शेयरधनीहरूको तर्फबाट सञ्चालक पद २ मा प्रचण्डमान श्रेष्ठ र मनोज पौडेल निर्वाचित भएका छन् । 

 

प्रतिक्रिया दिनुहोस