aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

पाँच महिनामा ३० खर्ब सात अर्बको तरलता प्रवाह

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २९ पुस २०७९
पाँच महिनामा ३० खर्ब सात अर्बको तरलता प्रवाह

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्म रु ३० खर्ब सात अर्ब ७५ करोड बराबरको तरलता प्रवाह गरेको छ । केन्द्रीय बैंकले आज सार्वजनिक गरेको चालु आवको पाँच महिनाको विवरण यस्तो देखिएको छ ।

उक्त विवरण अनुसार  पाँच महिनामा राष्ट्र बैंकबाट रिपोमार्फत् रू दुई खर्ब ४१ अर्ब २० करोड, सोझै खरिद बोलकबोलमार्फत् रू ८३ अर्ब ८५ करोड र स्थायी तरलता सुविधामार्फत् रू २६ खर्ब ८२ अर्ब ७० करोड गरी कूल रू ३० खर्ब सात अर्ब ७५ करोड तरलता वित्तीय बजारमा प्रवाह भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विभिन्न उपकरणमार्फत् रू २६ खर्ब ६१ अर्ब छ करोड तरलता प्रवाह भएको थियो । 

प्रतिक्रिया दिनुहोस