
काठमाडौं । शुक्रबार (तद्नुसार १३ जनवरी, २०२३) मा बसेको सञ्चालक समितिको ४५९ औं बैठकले सञ्चालक राजेन्द्रदास श्रेष्ठलाई सर्वसम्मतिले सञ्चालक समितिको अध्यक्षमा चयन गरेको छ ।
बिहीबार सम्पन्न यस प्राइम कमर्सियल बैंक लि.को १५ औं वार्षिक साधारणसभाबाट संस्थापक शेयरधनीहरूको तर्फबाट सञ्चालक पद ३ मा राजेन्द्रदास श्रेष्ठ, उदयमोहन श्रेष्ठ र नरेन्द्र बज्राचार्य तथा सर्वसाधारण शेयरधनीहरूको तर्फबाट सञ्चालक पद २ मा प्रचण्डमान श्रेष्ठ र मनोज पौडेल निर्वाचित भएका छन ।
प्रतिक्रिया दिनुहोस