aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

डोलेश्वर बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न, शेयरधनीलाई १५ प्रतिशत लाभांश दिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०१ माघ २०७९
डोलेश्वर बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न, शेयरधनीलाई १५ प्रतिशत लाभांश दिने

काठमाडौं । डोलेश्वर बहूद्देशीय सहकारी संस्थाको छैठौ वार्षिक साधारण सभा सहकारीकै लगानीमा  रहेको डिएमपीसी एग्रो फार्म एण्ड अर्गानिक रिसोर्टमा  सम्पन्न भएको छ।  कोटेश्वर, ३२ काठमाडौंमा रहेको सहकारी संस्थाको  छैठौ वार्षिक साधारण सभामा संस्थाका अध्यक्ष शिवलालपौडेलको सभापतित्व तथा ललितपुर वडा नम्बर २८ हरिसिद्दिका  वडा अध्यक्ष तथा सहकारी विज्ञ विरेन्द्र महर्जनको प्रमुख आतिथ्यमा सभा सम्पन्न भएको हो।

उक्त साधारण सभामा अतिथिका रुपमा रेडियो नेपाल प्रवक्ता हरिशरण लामिछाने, नेपाल सरकारका सचिव बिनोन केसी, नेपाल वायु उर्जाकाअध्यक्ष सुधिर कुमार यादव तथा सहकारी अभियन्ता रामहरी धितालको उपस्थिति रहेको थियो। कार्यालय प्रमुख दिपक केसीले कार्यक्रम संचालन गरेका थिए।

सभामा आर्थिक वर्ष ७८÷७९ को संचालक समितिको प्रतिवेदन संस्थाका कोषाध्यक्ष सुजन खड्काले प्रस्तुत गरेका थिए। उक्त आर्थिक वर्षसम्ममा 
 ४ करोड ७५ लाख ८८ हजार ५०० रुपैया शेयर पूँजी तथा ५३ करोड ४५ लाख ५२ हजार ३०० रुपैयाँ बचत संकलन गरेको कोषाध्यक्ष ले दिए।

त्यसैगरी संस्थाले ४१ करोड ३२ लाख १९ हजार ८२१ रुपैयाँ ऋण लगानी रहेको समेत उनले जानकारी दिए।  उक्त कार्यक्रममा शेयर धनिहरुलाई विभिन्न सम्मान समेत प्रदान गरिएको थियो।  साथै साधारण सभा मार्फत १५ प्रतिशत का दरले शेयर धनिलाई लाभांश दिने जानकारी गराइएको थियो।

प्रतिक्रिया दिनुहोस