aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

आइएमईको दशैंमा डबलको डबलको डबल अफर, पठाएको रकमको आठ गुणासम्म जित्ने अवसर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १६ भदौ २०७६
आइएमईको दशैंमा डबलको डबलको डबल अफर, पठाएको रकमको आठ गुणासम्म जित्ने अवसर

काठमाडौं । आइएमईले पर्व लक्षित दशैंमा डबलको डबलको डबल अफर सार्वजनिक गरेको छ । भदौ १५ गतेदेखि कार्तिक मसान्तसम्म ( सेप्टेम्बर १ तारिखदेखि नोभेम्बर १६ तारिखसम्म ) कायम हुनेगरी ७७ दिनका लागि सेवाग्राहीमुखी उक्त अफर सार्वजनिक गरिएको हो । 

अफरअनुसार हरेक दिन आइएमई पे मार्फत पैसा पठाउने हरेक सेवाग्राहीलाई आइएमई पे वालेटमा डबल रिवार्ड प्वाइन्ट, हरेक हप्ता दुई  जना सेवाग्राहीलाई पठाएको रकमको डबल (दुई गुणा), हरेक महिना दुई जना सेवाग्राहीलाई पठाएको रकमको डबलको डबल (चौगुणा) तथा बम्परमा एक जना सेवाग्राहीलाई पठाएको रकमको डबलको डबलको डबल (आठगुणा) सम्म रकम पुरस्कार स्वरूप प्रदान गरिनेछ ।

आइएमईका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले हरेक बर्ष चाडपर्वलाई लक्षित गर्दै आइएमईले ल्याउने स्किममा सेवाग्राहीको उल्लेख्य सहभागिता रहेको बताउँदै यस वर्ष त्यो सहभागिता झनै बढ्ने विश्वास व्यक्त गरे । 

त्यस्तै आइएमईका ब्रान्ड एम्बेस्डर दीपकराज गिरिले आइएमई र आइएमईका सेवाग्राहीबीचको प्रगाढ सम्बन्धले नै आइएमईलाई एक सफल व्यावसायिक ब्रान्ड बनाएको उल्लेख गर्दै यो दशैंमा आइएमईले ल्याएको खुशीलाई डबलको डबलको डबल गरौँ स्कीम त्यो सम्बन्धलाई थप प्रगाढ बनाउन सफल हुने विश्वास व्यक्त गरे । 

योजना अवधिमा स्वदेश तथा विदेशबाट पैसा पठाउने सबै सेवाग्राही स्वतः सहभागी हुनेछन् । आइएमईका संस्थापक, आइएमई ग्रुपमा कार्यरत कर्मचारी, आइएमईका व्यावसायिक साझेदार (एजेन्ट पार्टनर) तथा आइएमई सम्बद्ध कुनै पनि व्यक्ति यो योजनामा सहभागी हुन पाउनुहुने छैनन् । सेवाग्राहीहरुले आइएमईको जुनसुकै एजेन्ट संजालमार्फत रेमिट्यान्स कारोबार गरेको भौचरको सक्कलप्रति योजना घोषणा अवधिसम्म सुरक्षित राख्नुपर्नेछ । छनोटमा परेका विजेताको सिफारिसमा नेपालमा बस्ने आफन्तलाई पुरस्कार रकम प्रदान गर्न सकिने आइएमईले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस