aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

अमेरिकी डलर स्थिर, अरु कुन देशको मुद्राको कति छ नेपाली मूल्य ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०२ माघ २०७९
अमेरिकी डलर स्थिर, अरु कुन देशको मुद्राको कति छ नेपाली मूल्य ?

काठमाडौं । नेपाल राष्ट्र बैँकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आजको लागि तोकिएको मूल्य अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।    

आज अमेरिकी डलरको मूल्य भने स्थिर रहेको छ । अमेरिकी डलर एकको खरिद दर १२९ रूपैयाँ ८३ पैसा र बिक्री दर १३० रूपैयाँ ४३ पैसा तथा युरो एकको खरिद दर १४० रूपैयाँ ६१ पैसा र बिक्री दर १४१ रूपैयाँ २६ पैसा रहेको छ । 

त्यस्तै बेलायती पाउण्ड एकको खरिद दर १५८ रूपैयाँ ७९ पैसा र बिक्री दर १५९ रूपैयाँ ५२ पैसा, स्वीस फ्र्याँक एकको नेपाली खरिद दर १४० रुपैयाँ १० पैसा र बिक्री दर १४० रुपैयाँ ७५ पैसा, अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ९० रुपैयाँ ५८ पैसा र बिक्री दर ९१ रुपैयाँ ० पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस