aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

नेपाल इन्भेष्टमेन्ट बैंकले वितरण गर्याे नगद लाभांश

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०२ माघ २०७९
नेपाल इन्भेष्टमेन्ट बैंकले वितरण गर्याे नगद लाभांश

काठमाडौं । साविक नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले यस वर्षको नगद लाभांश वितरण गरेको छ । बैंकले पुस ७ गते सम्पन्न ३६औं वार्षिक साधारण सभाबाट पारित भएको ७ प्रतिशत नगद लाभांश सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा जम्मा गरिदिएको हो । 

उक्त सभाबाट बैंकले ४ प्रतिशत बोनस शेयरको प्रस्ताव समेत पारित गरेको थियो । बोनस शेयर भने धितोपत्र दोस्रो बजारमा सूचीकृत भएपछि कारोबारमा आउँनेछ ।

मेगा बैंक नेपालसँग मर्जर प्रक्रिया पुरा गरी पुस २७ गतेबाट नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नामबाट एकिकृत कारोबार सुरु भएकाले हाल बैंकको शेयर कारोबार रोक्का रहेको छ । एकिकृत कारोबार भएको बढीमा १५ दिनको लागि दुबै बैंकको शेयर कारोबार रोक्का भएको हो ।

३६औं साधारण सभा प्रयोजनाका लागि बैंकले मंसिर २१ गतेदेखि साधारण सभाको दिनसम्म बुक क्लोज गरेकाले मंसिर २० गतेसम्म कारोबार भई मंसिर २९ गतेभित्र बैंकको शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेडमा प्राप्त नामसारीको लिखतको आधारमा कायम शेयरधनीहरू मात्र नगद लाभांश प्राप्त गरेका छन् ।

मंसिर २० गतेसम्म धितो राखेका शेयरधनीहरुले सम्बन्धित बैंक तथा वित्तीय संस्थाको स्वीकृति पत्र उपलब्ध गराएपछि मात्र नगद लाभांश जम्मा गरिने जानकारी बैंकले दिएको छ । 

प्रतिक्रिया दिनुहोस