aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

आज अत्यावश्यक बैंकिङ सेवा सूचारु रहने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०२ माघ २०७९
आज अत्यावश्यक बैंकिङ सेवा सूचारु रहने

काठमाडौं ।  आज सोमबार सार्वजनिक बिदा भएपनि बैंकहरु खुला रहने भएका छन् । नेपाल राष्ट्र बैंकले सोमबार एक सूचना जारी गर्दै सार्वजनिक बिदा रहेपनि नगद कारोबार, चेक क्लियरिङ, आरटीजीएस लगायतका अत्यावश्यक बैंकिङ सेवा सूचारु रहने  जनाएको हो ।  

‘अत्यावश्यक बैंकिङ सेवा सूचारु प्रदान गर्न बिहान १० बजेदेखि दिउँसो १ः३० बजेसम्म इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाका आवश्यक विभाग तथा कार्यालय खुला राखी सेवा सूचार गर्ने व्यवस्था गर्नु’ बैंकले जारी गरेको सूचनामा भनिएको छ । 

आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनाको घटनाप्रति दुख व्यक्त गर्दै सरकारले सोमबार अत्यावश्यक बाहेक देशभर शोक बिदा दिने निर्णय गरेको थियो । 
 

प्रतिक्रिया दिनुहोस