aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

उपकार लघुवित्तको साधारण सभा चैतमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०३ माघ २०७९
उपकार लघुवित्तको साधारण सभा चैतमा

काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को वार्षिक साधारण सभा चैत मसान्तसम्ममा गर्ने भएको छ । कम्पनीले मंगलवार नेप्सेमार्फत एक सूचना जारी गर्दै गत आवको वार्षिक साधारण सभा चैत मसान्तसम्ममा गर्ने जानकारी दिएको हो । 

कम्पनीको बाह्य लेखापरीक्षण कार्यमा प्राविधिक कारणले ढिलाइ भएकाले गत आवका वार्षिक विवरणहरू नेपाल राष्ट्र बैंकमा पेश भई स्वीकृतिको अवस्थामा रहेकाले  चौथो वार्षिक साधारण सभा पुस मसान्तभित्र  गर्न असमर्थ भएको कम्पनीले जानकारी गराएको छ । नेपाल राष्ट्र बैंकको नियमावलीमा बैंक तथा वित्तीय संस्थाहरूले आर्थिक वर्ष सकिएको ६ महिनाभित्र वार्षिक साधारण सभा गरिसक्नुपर्ने प्रावधान छ ।
 

प्रतिक्रिया दिनुहोस