aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

तीन कम्पनीको शेयर कारोबार फुकुवा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०३ माघ २०७९
तीन कम्पनीको शेयर कारोबार फुकुवा

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले मंगलवारतीन कम्पनीको शेयर कारोबार फुकुवा गरिदिएको छ । नेप्सेले महुली लघुवित्त वित्तीय संस्था, महिला लघुवित्त वित्तीय संस्था र साल्ट ट्रेडिङ कर्पोरेशनको शेयर कारोबार फुकुवा गरिदिएको हो ।यी तीनओटै कम्पनीले गत आर्थिक वर्ष २०७८÷७९ को लाभांशसम्बन्धी पत्र कारोबार समयमा उपलब्ध गराएको हुँदा नेप्सेले धितोपत्र सूचीकरण नियमावलीबमोजिम शेयर कारोबार रोक्का राखेको थियो ।

के कति कारणले यस्तो हुन पुगेको कारण खुलाई तीन दिनभित्र जवाफ दिन स्पष्टीकरण सोधेकोमा तीनओटै कम्पनीले आइन्दा यस्तो गल्ती नदोहो¥याउने जनाउँदै स्पष्टीकरण पेश गरेको हुँदा नेप्सेले माघ ३ गतेदेखि शेयर फुकुवा गरिदिएको हो । फुकुवा भएसँगै तीनओटै कम्पनीको शेयर बुधवारबाट कारोबारमा आउनेछ ।

प्रतिक्रिया दिनुहोस