aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

महालक्ष्मी विकास बैंकका ग्राहकले क्यान्सर अस्पतालमा विशेष छुट पाउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १६ भदौ २०७६
महालक्ष्मी विकास बैंकका ग्राहकले क्यान्सर अस्पतालमा विशेष छुट पाउने

काठमाडौं । महालक्ष्मी विकास बैंकले नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरबीच सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने  र अस्पतालका कार्यकारी अध्यक्ष डा. सुदीपश्रेष्ठले हस्ताक्षर गरेका थिए ।  

उक्त सम्झौताअनुसार बैंककाग्राहक, कर्मचारी, कर्मचारीका परिवार लगायत बैंकका संस्थापक÷सेयरधनीहरुले नेपालक्यान्सर अस्पतालमा उपचार गराउँदा सेवाशुल्कमा छुट पाउनु हुनेछ । सम्झौताअनुसारबैंकका डेबिट कार्ड प्रयोग गर्ने ग्राहक, कर्मचारी साथै कर्मचारीका परिवारले रेडियोलोजी, .ल्यावरेटरी र बेड चार्जमा १० प्रतिशत, रेडियसन थेरापी र बीचथेरापीमा ५ प्रतिशत तथा क्यान्सर स्क्रिनिङ प्याकेजमा१० प्रतिशत आकर्षक छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

देशका ९९ वटा शाखाहरुबाट बंैकिङ्ग सेवाप्रदानगर्दै आएको महालक्ष्मीविकास बैंक लि. ले आगामीदिनहरुमाउक्त अस्पतालसँग संस्थागत सामाजिकउत्तरदायित्वअन्तर्गत विभिन्न स्वास्थ्यसँग सम्बन्धीतकार्यक्रमहरु गर्दै जाने सहमति गरेको छ ।

                
                
                

प्रतिक्रिया दिनुहोस