
काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासम्ममा ३ करोड ७० लाख ३३ हजार रुपैयाँ कमाएको छ । यो वित्तीय संस्थाको यस्तो नाफा गत आवको सोही अवधिमा १ करो ५४ लाख रुपैयाँ थियो ।
यो संस्थाले चालू आवको उक्त अवधिमा व्याजमार्फत संकलन गरेको रकम २५ करोेड १४ लाख रुपैयाँ रहेको छ भने यस वापतको खर्च १४ करोड ६ लाख रुपैयाँ रहेको छ । यो वित्तीय संस्थाले चालू आवमा व्याज आम्दानीमार्फत कुल ११ करोड ८ लाख रुपैयाँ कमाएको पनि यसले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।
यो संस्थाको चुक्ता पुँजी २ अर्ब ६५ करोड रुपैयाँ रहेको छ । यसले यस अवधिसम्ममा गरेको निक्षेप संकलन ५० करोड ५२ लाख र यस वापत कर्जा प्रवाह भने २ अर्ब ६५ करोड छ ।
यसले सापटीमार्फत १ अर्ब ८३ करोड रुपैयाँ चलाएको छ । यसको प्रतिशेयर आम्दानी २५ रुपैयाँ ३५ पैसा रहेको छ भन प्रति शेयर नेटवर्थ १३० रुपैयाँ ८३ पैसा रहेको छ ।
प्रतिक्रिया दिनुहोस