
काठमाडौं । दुई लघुवित्त संस्थाले लाभांश घोषणा गरेका छन् । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड र ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेका हुन् ।
लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष ०७८/७९ को लाभांश प्रस्ताव गरेको छ । माघ ४ गतेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी ३८ करोड ४० लाख ५४ हजार रुपैयाँको आधारमा १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ५ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो ।
त्यस्तै, ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्ष कुल २० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । माघ ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा १२ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ८ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।
हाल कम्पनीको चुक्तापुँजी रू. ५५ करोड २५ लाख ८९ हजार रहेको छ । कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरेको यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र वितरण हुनेछ ।
प्रतिक्रिया दिनुहोस