aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

सहकारी क्षेत्रमा घट्दैछ तरलता अभाव, बढ्न थाल्यो बचत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०५ माघ २०७९
सहकारी क्षेत्रमा घट्दैछ तरलता अभाव, बढ्न थाल्यो बचत

काठमाडौं । लामो समयदेखि सहकारी क्षेत्रमा देखिएको तरलता अभावको समस्या सहज बन्द गएको छ । बचत तथा ऋण सहकारी संस्थाहरुको छाता संगठन नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) ले सार्वजनिक गरेको वित्तीय विवरणमा सहकारी क्षेत्रमा बचत बढ्दै गएको देखिएको हो । 

उक्त वित्तीय विवरण अनुसार पुस महिनामा सहकारीहरुमा १७ अर्ब ६७ लाख रुपैयाँ कुल बचत पुगेको छ । उक्त बचत गत मंसिर महिनामा १६ अर्ब १४ करोड ७१ लाख रुपैयाँ रहेको थियो । त्यस्तै, चार अर्ब ११ करोड ९७ लाख रुपैयाँ तरलता रकम सहकारीहरुसँग छ । उक्त रकम मंसिर मसान्तमा ३ अर्ब ५८ करोड ४० लाख रुपैयाँ रहेको थियो । 

यस अवधिमा सहकारीहरुले १५ अर्ब ४७ करोड ९९ लाख रुपैयाँ ऋण लगानी गरेका छन् भने उनीहरुसँग कुल सम्पत्ति २० अर्ब ८१ करोड ६४ लाख रुपैयाँ रहेको छ । गत मंसिर महिनामा सहकारीहरुले १५ अर्ब २५ करोड ६६ लाख रुपैयाँ ऋण लगानी गरेका थिए । 
 

प्रतिक्रिया दिनुहोस