काठमाडौं । कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) ले मर्जरपछि कायम भएको शेयर सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड (सिडिएससी) मा दर्ता गराएका छन् ।
मर्जरपछि कायम कुल २६ करोड २२ लाख ५८ हजार ६१३ दशमलव ५७ कित्ता शेयर कुमारी बैंकको नामबाट माघ ४ गते सिडिएससीमा दर्ता भएको हो । सिडिएससीका अनुसार साविक कुमारी बैंकको १४ करोड ७१ लख ११ हजार ८३२ दशमलव ५७ कित्ता र एनसीसी बैंकको ११ करोड ५१ लाख ४६ हजार ७८१ कित्ता शेयर दर्ता भएको हो ।
कम्पनीले मर्जरपछि कायम शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत गर्नुपूर्व सिडिएससीमा दर्ता गरेको हो । अब दोस्रो बजारमा दर्ता प्रकृया पुरा भएपछि उल्लेखित शेयर कारोबारमा आउँनेछ । पछिल्लो समय जारी भएको मर्जर तथा प्राप्ति सम्बन्धी निर्देशिकामा एकिकृत कारोबार गरेको बढीमा १५ कारोबार दिनमात्र शेयर कारोबार रोक्का हुने व्यवस्था छ । सोही व्यवस्था बमोजिम बैंकले शेयर कारोबार खुला गर्ने व्यवस्था मिलाएको हो ।
गत असोज १० गते मर्जर सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर गरेका यी बैंकहरूले तीन महिना पुरा हुँदा मर्जर प्रकृया सम्पन्न गरी एकिकृत कारोबार सुरु गरेका हुन । मर्जर सम्झौदा गरेको तीन महिनापछि यी बैंकले एकिकृत कारोबार गर्न सफल भएका हुन । कुमारी र एनसीसी बैंक एक बराबर एक शेयर आदानप्रदान गर्दै मर्जरमा गएका हुन ।
प्रतिक्रिया दिनुहोस