aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

प्राइम बैंकका अध्यक्ष श्रेष्ठले गरे सपथ ग्रहण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०५ माघ २०७९
प्राइम बैंकका अध्यक्ष श्रेष्ठले गरे सपथ ग्रहण

काठमाडौं । प्राइम कमर्शियल बैंकका सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले शपथ ग्रहण गरेका छन् । श्रेष्ठले नेपाल राष्ट्र बैंकमा बिहिबार आयोजित एक समारोहका बीच नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनीयताको सपथ ग्रहण गरेका हुन् ।

गत पुस २९ गते बसेको यस बैंकको सञ्चालक समितिको ४५९ औं बैठकबाट सर्वसम्मतिले श्रेष्ठलाई सञ्चालक समितिको अध्यक्षमा चयन गरेको थियो ।

राष्ट्र बैंकमा आयोजित उक्त समारोहमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा. नीलम ढुंगाना तिम्सिना, डेपुटी गभर्नर बमबहादुर मिश्र, कार्यकारी निर्देशक देवकुमार, कार्यकारी निर्देशक डा. गुणाकर भट्ट र प्राइम कमर्सियल बैंक लि.का सञ्चालकहरु र प्रमुख कार्यकारी अधिकृत समेतको उपस्थिति थियो ।  


 

प्रतिक्रिया दिनुहोस