
काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्ष २०७५÷७६ को तेस्रो त्रैमाससम्मको नाफा ३१.१७ प्रतिशतले बढाएको छ । यो वित्तीय संस्थाले चालू आवको यो अवधिमा ५२ करोड ७५ लाख रुपैयाँ कमाएको छ । यस्तो नाफा गत वर्षको सोही अवधिमा ३९ करोड ९१ लाख रुपैयाँ थियो ।
यसले गत आवको तुलनामा चालू आवको चैत मसान्तसम्ममा कमाएको यस्तो नाफा गत आवको सोही अवधिको तुलनामा १२ करोड ८४ लाख ३७ हजार रुपैयाँले बढी हो । यो वित्तीय संस्थाले यो अवधिसम्ममा १० अर्ब २७ करोड रुपैयाँ निक्षेप सकलन गरेर १८ अर्ब ५५ करोड रुपैयाँ कर्जा सापटी दिएको छ ।
यसका लागि ७ अर्ब २६ करोड रुपैयाँ सापटी लिएर चलाएको छ । २ अर्ब २२ करोड रुपैयाँ व्याज आम्दानी गरेर १ अर्ब ६ करोड यसमा खर्च गरेको यो संस्थाको कुल व्याज आम्दानी भने १ अर्ब १५ करोड रहेको छ ।
यो वित्तीय संस्थाको चुक्ता पुँजी १ अर्ब २० करोड रुपैयाँ छ । यसको जगेडा कोषमा १ अर्ब ३८ करोड रुपैयाँ छ । प्रतिशेयर आम्दानी ५८ रुपैयाँ ६२ पैसा रहेको यो वित्तीय संस्थाको प्रति शेयर आम्दानी २१५ रुपैयाँ ६४ पैसा रहेको पनि उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस