aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

सोमबार १० अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०६ माघ २०७९
सोमबार १० अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक

काठमाडौ । नेपाल राष्ट्र बैंकले सोमबार १० अर्बरुपैयाँ भन्दाबढिको ट्रेजरी बोलकबोल गर्ने भएको छ । बैंकले ९१ दिन अवधिको ३ अर्ब ६० करोड रुपैयाँ र ३६४ दिन अवधिको ७ अर्ब रुपैयाँ गरी कुल १० अर्ब ६० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्न लागेको हो ।

राष्ट्र बैंकका अनुसार ९२ दिन अवधिको ट्रेजरी २०८० बैशाख १२ गते र ३६४ दिन अवधिको ट्रेजरी २०८० माघ ९ गते परिपक्व हुनेछ । यसअघि बैंकले ९१ दिन अवधिको ५ अर्ब २० करोड  रुपैयाँको ट्रेजरी बिल जारी गरेको थियो ।

ऋणपत्रको बोलकबोल अनलाइनमार्फत सोमबार दिउँसो २ बजे खुला हुने राष्ट्र बैंकले जनाएको छ । बोलकबोलमा सहभागी हुने क, ख र ग वर्गका बैंक, अन्य वित्तीय संस्था, गैह्रबैंक तथा वित्तीय संस्थालगायतमध्ये सर्वाधिक अङ्ग कबोल गर्नेलाई राष्ट्र बैंकले मङ्गलबार ट्रेजरी बिल जारी गर्नेछ । 

प्रतिक्रिया दिनुहोस