aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

सानिमा बैंकले २१.०५२६ प्रतिशत लाभांश दिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १७ भदौ २०७६
सानिमा बैंकले २१.०५२६ प्रतिशत लाभांश दिने

 

काठमाडौं । सानिमा बैंकले २१.०५२६% लाभांश वितरण गर्ने भएको छ । बैंकले ११.०५२६% नगद र १०% बोनस सेयर दिने घोषणा गरेको हो । नेपाल राष्ट्र बैंक र आगामी साधारण सभाबाट अनुमोदन भएपछि लाभांश वितरण प्रक्रिया सुरु हुनेछ । यसर्थ, बैंकले ८० करोड १ लाख २५ हजार ५४४ रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ ।

यस्तै, बैंकले बोनसमा लाग्ने करसहित ८८ करोड ४३ लाख ४६ हजार ७५८ रुपैयाँ नगद लाभांश बाँड्नेछ । अघिल्लो वर्ष सानिमाले १४% नगद लाभांश दिएको थियो ।

हाल सानिमाको चुक्ता पुँजी ८ अर्ब १२ लाख ५५ हजार ४४० रुपैयाँ रहेको छ । बोनस वितरण पश्चात भने बैंकको चुक्ता पुँजी ८ अर्ब ८० करोड ३ लाख ८० हजार ९८४ रुपैयाँ पुग्नेछ ।

असार मसान्तसम्म सानिमाले २ अर्ब २४ करोड ३३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी २८ रुपैयाँ ०४ पैसा र प्रतिसेयर नेटवर्थ १४८ रुपैयाँ ७३ पैसा छ । 

प्रतिक्रिया दिनुहोस