
काठमाडौं । हालसम्म २० वाणिज्य बैंंकहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । वित्तीय विवरण सार्वजनिक गरेका बैंकहरुमध्ये १४ वटा बैंकहरुको नाफा बढेको छ भने छ वटा बैंकहरुको नाफा घटेको छ ।
वित्तीय विवरण सार्वजनिक गर्ने बैंकहरुमा नबिल बैंक, एनआईसी एसिया बैंक, एनएमबि बैंक, नेपाल बैंक, सिभिल बैंक, प्रभु बैंक, सिटिजन्स बैंक लगायत रहेका छन् । त्यस्तै, माछापुच्छ्रे बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, एभरेष्ट बैंक, सानिमा बैंक, लक्ष्मी बैंक, प्राइम बैंक, सनराइज बैंक, नेपाल एसबीआई बैंक, हिमालयन बैंक, कुमारी बैंक, कृषि विकास बैंक, सिद्धार्थ बैंक र राष्ट्रिय वाणिज्य बैंकले पनि दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् ।
यसरी कतिपय बैंकहरुको नाफामा कमी आउनुमा उनीहरूमा रहेको खराब कर्जा पनि जिम्मेवार रहेको देखिन्छ।
यी हुन्, खराब कर्जा बढेका पाँच बैंक
वित्तीय विवरण सार्वजनिक गरेका बैंकहरुमध्ये पाँच बैंकहरुको खराब कर्जा धेरै बढेको वित्तीय विवरणले देखाएको छ । यस अवधिमा सबैभन्दा बढी सनराइज, सिद्धार्थ, नेपाल बैंक, कृषि विकास बैंक र सिभिल बैंकको खराब कर्जा बढेको हो ।
गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १.४१ प्रतिशत मात्र खराब कर्जा रहेको सनराइज बैंकको खराब कर्जा चालु आवको दोस्रो त्रैमाससम्म आइपुग्दा ३.३६ प्रतिशत पुगेको छ । त्यस्तै, यस अवधिमा सिद्धार्थ बैंकको खराब कर्जा २.८७ प्रतिशत पुगेको छ । जबकि गत आवको सोही अवधिमा यो बैंकको खराब कर्जा ०.३७ प्रतिशत मात्र रहेको थियो ।
सार्वजनिक भएको वित्तीय विवरण अनुसार यस अवधिमा नेपाल बैंकको खराब कर्जा बढेर ३.११ प्रतिशत पुगेको छ । गत आवको सोही अवधिसम्म बैंकको खराब कर्जा १.९१ प्रतिशत रहेको थियो । त्यसै गरी, कृषि विकास बैंकको पनि खराब कर्जामा वृद्धि भएको छ । गत आवको सोही अवधिमा २.०८ प्रतिशत रहेको सो बैंकको खराब कर्जा चाल आवको दोस्रो त्रैमाससम्म ४.५२ प्रतिशत पुगेको छ ।
यसबिच सिभिल बैंकको खराब कर्जा पनि बढेको देखिएको छ। गत आवको सोही अवधिमा ०.९४ प्रतिशत रहेको सो बैंकको खराब कर्जा चालु आवको दोस्रो त्रैमाससम्म २.४१ प्रतिशत पुगेको छ ।
राष्ट्रिय वाणिज्य बैंकको भने घट्यो खराब कर्जा
उक्त हालै सार्वजनिक वित्तीय विवरण अनुसार यस अवधिमा राष्ट्रिय वाणिज्य बैंकको खराब कर्जा भने घटेको छ । गत आवको सोही अवधिमा बैंकको खराब कर्जा ३.०६ प्रतिशत रहेको थियो । चालु आवको दोस्रो त्रैमाससम्म आइपुग्दा उक्त बैंकको खराब कर्जा घटेर २.७९ प्रतिशतमा झरेको छ ।
खराब कर्जा बढ्दा बैंकको नाफा घट्यो
बैंकहरुमा रहेको खराब कर्जाले उनीहरूको नाफामा प्रत्यक्ष प्रभाव पार्ने गर्छ । राष्ट्र बैंक अनुसार खराब कर्जा बराबरीको रकम बैैंकहरुले जोखिम कोषमा राख्नुपर्ने हुन्छ । जसका कारण उनीहरूले मुनाफाका रूपमा देखाउन पर्ने रकम स्वतः घटेर जान्छ ।
त्यसबाहेक खराब कर्जा बढी भएको बैंकलाई त्यसै पनि राम्रो बैंक मानिँदैन । यसरी राम्रो बैंक नमानिनुको कारण नै त्यसले शेयधनीहरुलाई वितरण गर्ने मुनाफामा कमी आउनु हो । लगानीकर्ताहरू मानसिक रूपमा पनि खराब कर्जा बढी भएको बैैंकमा लगानी गर्न तयार हुँदैनन् । जसले गर्दा समग्र बैैंकको वित्तीय स्वस्थ्यतामा पनि खराब कर्जा निकै ठुलो बाधक र घातक मानिन्छ ।
यस्तो अन्य बैंकको खराब कर्जाको अवस्था
प्रतिक्रिया दिनुहोस