aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 
गुहेश्वर मर्चेन्ट बैंकको नाफा ५ करोड ३१ लाख

गुहेश्वर मर्चेन्ट बैंकको नाफा ५ करोड ३१ लाख

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १५ बैशाख २०७६
गुहेश्वर मर्चेन्ट बैंकको नाफा ५ करोड ३१ लाख

काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेडले चालू आर्थिक वर्ष २०७५/७६ को तेस्रो त्रैमासम्ममा ५ करोड ३१ लाख रुपैयाँ नाफा कमाउको छ । यो संस्थाले अघिल्लो वर्षको सोही अवधिमा ३ करोड ७८ लाख रुपैयाँ मात्रै नाफा कमाउन सकेको थियो । 

यो वित्तीय संस्थाले चालू आवको चैतसम्ममा ३ अर्ब ४० करोड रुपैयाँ निक्षेप संकलन गरेर ३ अर्ब ६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।  यो संस्थाले ५ करोड रुपैयाँ सापटी लिएर चलाएको छ ।

यसले यस अवघिसम्ममा ३६ करोड २३ लाख रुपैयाँ व्याज आम्दानी संकलन गरेर २४ करोड ५१ लाख रुपैयाँ व्याज खर्चका पमा प्रयोग गरेको छ । यसरी भएको आम्दानी र खर्चपछि यसको कुल व्याज आम्दानी ११ करोड ७१ लाख रुपैयाँ रहेको छ । 

यो वित्तीय संस्थाको चुक्ता पुँजी ८० करोड रुपैयाँ छ । यसको जगेडा कोषमा १७ करोड ९० लाख रुपैयाँ छ । यसको प्रतिशेयर आम्दानी वार्षिक रुपमा ८ रुपैयाँ ८५ पैसा रहेको यो वित्तीय संस्थाको प्रति शेयर आम्दानी  १२२ रुपैयाँ ३८ पैसा रहेको पनि उल्लेख छ । 

प्रतिक्रिया दिनुहोस