aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

आज पाउण्ड बढ्यो, अमेरिकी डलरको के छ अवस्था ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०९ माघ २०७९
आज पाउण्ड बढ्यो, अमेरिकी डलरको के छ अवस्था ?

काठमाडौं । नेपाल राष्ट्र बैँकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आजको लागि तोकिएको मूल्य अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।     

आज अमेरिकी डलर एकको खरिद दर १२९ रूपैयाँ ५० पैसा र बिक्री दर १३० रूपैयाँ १० पैसा तथा युरो एकको खरिद दर १४० रूपैयाँ ६० पैसा र बिक्री दर १४१ रूपैयाँ २५ पैसा रहेको छ । 

त्यस्तै बेलायती पाउण्ड एकको खरिद दर १६० रूपैयाँ ५३ पैसा र बिक्री दर १६१ रूपैयाँ २८ पैसा, स्वीस फ्र्याँक एकको नेपाली खरिद दर १४० रुपैयाँ ६७ पैसा र बिक्री दर १४१ रुपैयाँ ३२ पैसा, अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ९० रुपैयाँ २२ पैसा र बिक्री दर ९० रुपैयाँ ६४ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस