aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

कालिका लघुवित्तद्धारा लाभांश प्रस्ताव, नगद र बोनस कति ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०९ माघ २०७९
कालिका लघुवित्तद्धारा लाभांश प्रस्ताव, नगद र बोनस कति ?

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश दिने निर्णय गरेको हो ।

कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीको १९ प्रतिशतका दरले हुन आउने ५ करोड ९४ लाख ४६ हजार ३२८ रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनका लागि १ प्रतिशतका दरले हुन आउने ३१ लाख २८ हजार ७५४ रुपैयाँ बराबरको नगद लाभांश दिने निर्णय गरेको हो । 

हाल संस्थाको चुक्ता पुँजी ३१ करोड २८ लाख ७५ हजार रुपैयाँ रहेको छ । उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र संस्थाको आगामी साधारण्सभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछन् ।  

प्रतिक्रिया दिनुहोस