aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

कान्ति अस्पतालमा हिमालयन बैंकको थप दुई बिल काउन्टर सञ्चालन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०९ माघ २०७९
कान्ति अस्पतालमा हिमालयन बैंकको थप दुई बिल काउन्टर सञ्चालन

काठमाडौं । हिमालयन बैंक लिमिटेडले काठमाडौंको महाराजगञ्जमा रहेको कान्ति बाल अस्पतालमा थप दुई बिल काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकले आफ्नो सेवा–सुबिधा विस्तार गर्ने क्रममा अस्पतालमा थप दुई विल भुक्तानी काउन्टर सञ्चालनमा ल्याएको हो । 

बैंकले कान्ति बाल अस्पतालको आकस्मिक वार्ड र बाल मनोरोग वार्डमा आउने विरामीहरु र  विरामीहरुका परिवारजनलाई लक्षित गरी सो काउन्टरहरु स्थापना गरेको हो । उक्त भुक्तानी  काउन्टरहरुले सार्वजनिक बिदा बाहेक अन्य दिनहरुमा बिहान ९ः०० बजेदेखि अपरान्ह ३ः०० बजे सम्म ग्राहकहरुलाई सेवा प्रदान गर्नेछन् ।   

बैंकले हाल देश भरि रहेका ७४ शाखा, ६ विस्तारित काउन्टर १६० एटीएम र ६ हजार भन्दा बढी पीएसओ टर्मिनलबाट आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएकोे छ ।

प्रतिक्रिया दिनुहोस