aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

आयोजना सञ्चालनका लागि अनुदान लिन बोलाउदा पनि गएनन् सहकारी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०९ माघ २०७९
आयोजना सञ्चालनका लागि अनुदान लिन बोलाउदा पनि गएनन् सहकारी

काठमाडौं । आयोजना सञ्चालनका लागि अनुदान दिन बोलाउँदा समेत सहकारी संस्थाहरु नगएको पाइएको छ । सहकारी विभागले यही माघ ३ गते अनुदानका लागि प्रस्ताव पेश गर्न माग गर्दै सूचना प्रकशित गरेको थियो । तर, सहकारीहरुले रुची देखाएनन् ।

प्रथम पटकको सूचनामा पर्याप्त प्रस्ताव पेश नभएपछि विभागले पुनः दोस्रो पटक अनुदानका लागि प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना जारी गरेको छ । दरखास्तको ढाँचा आयोजना प्रस्तावको विवरण तथा छनौट सम्बन्धी विस्तृत जानकारी विभागको वेवसाइटमा उपलब्ध रहेको समेत विभागले जनाएको छ । 

सूचनामा भनिएको छ, ‘आर्थिक वर्ष २०७९/८० को स्वीकृत कार्यक्रम अनुसार सहकारी संघ संस्थाहरुसँगको साझेदारीमा सहकारी आयोजना सञ्चालन गर्नका लागि अनुदान प्रदान गरिने भएकोले त्यस्तो अनुदान प्राप्त गर्न सहकारी संघ संस्थाहरुले सहकराी संस्थालाई अनुदान उपलब्ध गराउने सम्बन्धी कार्यविधि २०७९ को अधिनमा रही २१ दिन भित्र नियमन क्षेत्राधिकार अनुसार सम्बन्धीत स्थानीय तह वा प्रदेश मन्त्रालयको सिफारिस सहित विभागमा आइपुग्ने गरी आयोजना प्रस्ताव पेश गर्न यो सूचना प्रकाशित गरिएको छ ।’

प्रतिक्रिया दिनुहोस