
काठमाडौं । स्पर्श लघुवित्त वित्तीय संस्थाले १३ प्रतिशत बोनस शेयर दिने भएको छ। कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले शून्य दशमलव ६८ प्रतिशत नगद लाभांशसहित १३.६८ प्रतिशत लाभांस दिने निर्णय गरेको हो।
कम्पनीको आगामी साधारण सभाले स्वीकृति र नेपाल राष्ट्र बैंकले अनुमति दिएपछि वितरण हुनेछ ।बोनस शेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी ९ करोड ३६ लाख रुपैयाँ हुनेछ। गत आर्थिक वर्षमा संस्थाले एक करोड ५६ लाख रुपैयाँ नाफा गरेको थियो।
प्रतिक्रिया दिनुहोस