
काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्ष २०७५/७६ को तेस्रो त्रैमास सम्ममा ३ करोड ५९ लाख ५८ हजार रुपैयाँ नाफा कमाएको छ । यसको यस्तो नाफा गत वर्षको सोही अवधिमा २ करोड १२ लाख १४ हजार रुपैयाँ थियो ।
यो वित्तीय संस्थाले यो अवधिसम्ममा ६८ करोड ४ लाख रुपैयाँ निक्षेप सकलन गरेर २ अर्ब ४० करोड रुपैयाँ कर्जा सापटी दिएको छ । यसले सापटी वापत १ अर्ब ६२ करोड रुपैयाँ लिएको पनि उल्लेख छ ।
यसले २३ करोड ७० लाख रुपैयाँ व्याज आम्दानी गरेर १४ करोड ८७ लाख यसवापत खर्च गरेको छ । यसबाट वित्तीय संस्थाल ८ करोड २३ लाख रुपैयाँ कुल व्याज आम्दानी गरेको पनि उल्लेख छ ।
यो वित्तीय संस्थाको चुक्ता पुँजी १३ करोड ११ लाख रुपैयाँ छ । यसको जगेडा कोषमा ७० लाख मात्रै छ । यो संस्थाको प्रतिशेयर आम्दानी २४ रुपैयाँ ३४ पैसा रहेको यो वित्तीय संस्थाको प्रति शेयर आम्दानी १५४ रुपैयाँ ३ पैसा रहेको पनि उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस