aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

नबिल बैंकको सामूहिक व्यक्तिगत दुर्घटना बीमामा दश लाख

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १७ भदौ २०७६
नबिल बैंकको सामूहिक व्यक्तिगत दुर्घटना बीमामा दश लाख

 काठमाडौं । नबिल बैंकले व्यक्तिगत बचत खाता ग्राहक वर्गलाई दश लाखको सामुहिक व्यक्तिगत दुर्घटना बीमा योजना ल्याएको छ । विगतदेखिनै आफ्ना ग्राहकहरुलाई व्यक्तिगत बचत खातामा १३ घातक रोगहरुको बीमा सुविधा प्रदान गर्दै आएको थियो । 

यसको अतिरिक्त बैंकले आफ्ना यो योजना भाद« १छ गतेदेखि लागू हुने गरी नबिल बैंकको तर्फबाट बैंकका डेपुटि प्रमुख कार्यकारी अधिकृत अनिल खनाल र एन.एल.जी. बीमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्त बीच सम्झौता भएको बैंकले जनाएको छ ।

यस योजना अन्तर्गत, दैनिक मौज्दात  ५ हजार रुपैया  वा सो भन्दा बढि राख्ने जुनसुकै प्रकारका नेपाली मुद«ाका व्यक्तिगत बचत खातावालाहरुलाई  १० लाखको सामुहिक व्यक्तिगत दुर्धटना बीमा गरिएको बैंकले जनाएको छ । यस योजना अन्तर्गत बचतकर्ताको दुर्धटना द्वारा मृत्यु भएमा अथवा स्थायी पूर्ण असक्तता भएमा एकमुष्ठ १० लाख रुपैयाँ  बीमा रकम प्रदान गरिनेछ ।

खातामा न्यूनतम   ५ हजार रुपैया मौजदात राख्ने सम्पूर्ण बचत खाता वालाहरुको बीमा स्वत रुपमा १छ भाद« २०७६ मा भैसकेको छ । साथै यो योजनामा सामिल भैरहन बचतकर्ताले सधंै  ५ हजार  वा बढि मौज्दात कायम राख्नुपर्नेछ । त्यसैगरी ५ हजार रुपैया वा बढि मौज्दात कायम नभएका व्यक्तिगत बचत खातावालाहरुले आफ्नो खातामा नेपाली क्यालेन्डर बमोजिम कुनैपनि महिनाको पहिलो कार्य दिनबाट सधंै उक्त मौजदात कायम राखी यस योजनामा सामिल हुन सक्नेछन् । 

नया“ व्यक्तिगत बचत खाता खोल्ने ग्राहकहरुको हकमा, बैंकको कुनै पनि व्यक्तिगत बचत खाता खोली ५ हाजर रुपैया वा बढिको मौज्दात खाता खोलेको महिनाको अन्त्यमा मात्र पनि कायम राखी खाता खोलेकै दिनबाट यो योजनामा सामिल हुन सकिनेछ । 

यस योजनामा सामिल हुन कुनै उमेरहद नभएतापनि नावालकको हकमा खाता संरक्षक यस योजनामा विमित हुन सक्नेछन् । बैंकले प्रदान गरिरहेको समान बीमा योजना ग्राहक स्वयंले खरिद गर्दा शुल्क व्यर्होर्नपर्ने हुन्छ तर आफ्ना व्यक्तिगत बचतकर्ताहरुको हितलाई मध्यनजर गरी यस योजनामा सामिल हु“दा लाग्ने बीमा प्रिमियमको खर्च बैंक स्वयंले व्यहोर्ने छ  । नबिल बैंकको ७९ शाखा, १द्धण्  एटिएम र १५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु छन् । 


 

प्रतिक्रिया दिनुहोस