aarthiknews.com शुक्रबार, २४ जेठ २०८२   Friday, 06 June, 2025
 

हिमालयन बैंकको आँखा परिक्षण तथा रत्तदान कार्यक्रम सम्पन्न

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ११ माघ २०७९
हिमालयन बैंकको आँखा परिक्षण तथा रत्तदान कार्यक्रम सम्पन्न

काठमाडौं । हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व पुरा गर्ने उद्देश्यले रत्तदान कार्यक्रम गरेको छ । बैंकको तिसौँ वार्षिकोत्सवको अवसरमा नेत्रधाम फाउण्डसनको सहकार्यमा माछापुच्छ्रे गाउँपालिका–०१ स्थित माछापुच्छ्रे स्वास्थ्य चौकी टुसेमा  निःशुल्क आँखा परिक्षण शिविर गरेको हो । साथै बैंकको कर्मचारी संगठनको समन्वयमा केन्द्रिय कार्यालय कमलादीमा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । 

डा. सन्यम बजिमय र र उनको टोलीको नेतृत्वमा नेत्रधाम फाउण्डसनको सहकार्य तथा हिमालयन बैंकको आर्थिक सहयोगमा यहि माघ ४ गतेदेखि ६ गते निशुल्क आँखा परिक्षण शिविर सम्पन्न भएको हो । उक्त तीन दिने शिविरमा माछापुच्छ्रे गाउँपालिकाका जम्मा ३९० जनाले निशुल्क आँखा परिक्षण गराए भने २६ जनाले निशुल्क मोतीबिन्दु र जलबिन्दुको शल्यक्रिया गराइ लाभ लिएका थिए । 

त्यस्तै, रक्तदान–जीवनदान भन्ने मुल मन्त्रलाई मनन् गर्दै बैंकले कर्मचारी संगठनको समन्वयमा सम्पन्न गरेको रक्तदान  कार्याक्रममा उपत्यका भित्र र बाहिर गरी २०० जना भन्दा बढी कर्मचारीहरुको उपस्थिति थियो । यस्तै, करिब एक सय जनाले रक्तदान गरी सहभागिता जनाएका थिए ।  

प्रतिक्रिया दिनुहोस