
काठमाडौं । नेपाल राष्ट्र बैँकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आजको लागि तोकिएको मूल्य अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
आज अमेरिकी डलर एकको खरिद दर १३० रूपैयाँ २५ पैसा र बिक्री दर १३० रूपैयाँ ८५ पैसा तथा युरो एकको खरिद दर १४१ रूपैयाँ ७० पैसा र बिक्री दर १४२ रूपैयाँ ३५ पैसा रहेको छ ।
त्यस्तै बेलायती पाउण्ड एकको खरिद दर १६० रूपैयाँ ३२ पैसा र बिक्री दर १६१ रूपैयाँ ६ पैसा, स्वीस फ्र्याँक एकको नेपाली खरिद दर १४१ रुपैयाँ ५ पैसा र बिक्री दर १४१ रुपैयाँ ७० पैसा, अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ९२ रुपैयाँ ३५ पैसा र बिक्री दर ९२ रुपैयाँ ७७ पैसा रहेको छ ।
प्रतिक्रिया दिनुहोस