
काठमाडौं । एनआईबिएल म्युचुअल फण्ड अन्र्तगत सञ्चालित एनआईबिएल समृद्धि फण्ड १ ले गत आवको असार मसान्तमा ६ करोड २ लाख रुपैयाँ खुद आय गरेको छ । योजनाले अघिल्लो आवको असार मसान्तमा २३ करोड ३१ लाख रुपैयाँ खुद व्यय रहेको थियो ।
योजनाले गत आवको असार मसान्तमा २ करोड ७३ लाख ३७ हजार रुपैयाँ खर्च गरेको छ । योजनाको लाभांशबाट १ करोड ८४ लाख रुपैयाँ आम्दानी भएको छ । योजनाले गत आवको असार मसान्तमा सुचीकृत धितोपत्रमा ७५ करोड १७ लाख रुपैयाँ लगानी गरेको छ ।
योजनाको बैंक मौज्दातमा १८ करोड ७६ लाख रुपैयाँ रहेको छ । योजनाको व्यवस्थापक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ भने कोष प्रवद्र्धक नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड रहेको छ ।
प्रतिक्रिया दिनुहोस