
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले यस वर्षको नगद लाभांश वितरण गरेको छ । गत पुस २९ गते सम्पन्न २१औं वार्षिक साधारण सभाबाट पारित भएको कर समेत ६ दशमलव ४७ प्रतिशत नगद लाभांश साधारण सभा सम्पन्न भएको दिनदेखिनै वितरण गर्न सुरु गरेको हो ।
कम्पनीले पुस १७ गतेसम्म कायम शेयरधनीहरूको हितग्राही खातामा उल्लेख बैंक खातामै नगद लाभांश जम्मा गर्न सुरु गरेको हो । नगद लाभांश बैंक खातामै जम्मा गरिने भएकाले हालसम्म पनि बैंक खाता हितग्राही खातामा अद्यावधिक नगराएका शेयरधनीहरूलाई यथासिघ्र गराउन समेत कम्पनीले आग्रह गरेको छ ।
सोही वार्षिक साधारण सभाबाट कम्पनीले ४ प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव पनि पारित गरेको छ । बोनस शेयर भने धितोपत्र दोस्रो बजारमा सूचीकृत भएपछि मात्र वितरण गरिनेछ । कम्पनीको शेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया दिनुहोस