aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

बिपिडब्लु लघुवित्तले तय गर्यो आईपीओ निष्कासनको मिति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १३ माघ २०७९
बिपिडब्लु लघुवित्तले तय गर्यो आईपीओ निष्कासनको मिति

काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारण लगानीकर्ता तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्ने मिति तय गरेको छ ।  पछिल्लो समय सर्वसाधारणमा जारी गरिने कुल कित्ता आईपीओमध्ये १० प्रतिशत वैदेशिक रोजगारीमा गएका नेपालीमा विक्री गरेपछि मात्र सर्वसाधारणमा विक्री गर्नुपर्ने व्यवस्था छ । सोही व्यवस्था बमोजिम कम्पनीले माघ २२ गतेदेखि फागुन ८ गतेसम्म वैदेशिक रोजगारीमा गएका नेपालीमा आईपीओ विक्री गर्न लागेको हो । सर्वसाधारणमा भने फागुन १८ गतेदेखि आईपीओ विक्री गरिने भएको हो । 

कम्पनीले जारी पूँजी ३ करोड रुपैयाँको ३२ दशमलव ३३ प्रतिशतले हुन आउने प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ९७ लाख रुपैयाँ बराबरको ९७ हजार कित्ता शेयर सर्वसाधारणमा विक्री गर्न लागेको हो । कुल कित्ता शेयरमध्ये ९ हजार ७०० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुमा निष्काशन गरिनेछ । १ हजार ५०० कित्ता शेयर कर्मचारीहरु तथा ४ हजार ८५० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएर ८० हजार ९५० कित्ता शेयर भने सार्वजनिक निष्कासनमा आउन लागेको हो । 

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले लघुवित्तको आईपीओमा माघ २२ सर्वसाधारणमा जारी हुने शेयर छिटो अवधि फागुन २३ गतेसम्म माग बमोजिम आवेदन नपरेमा ढिलो अवधि  चैत २ गतेसम्म विक्री लम्बिने कम्पनीको भनाई छ । तर सर्वसाधारणमा आईपीओ विक्री खुला हुँदा पहिलो दिनमै मागभन्दा बढी आवेदन पर्दै आएको अवस्थामा कम्पनीको आईपीओ पनि छिटो अवधि फागुन २३ गतेसम्म मात्र विक्रीमा रहने निश्चित छ ।

यो आईपीओ खरीदका लागि यूनतम १० कित्तादेखि अधितकत १ हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने इक्राएनपी इस्यूअर डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट समेत आवेदन दिन सकिने व्यवस्था छ । साथै मेरो शेयर सफ्टवेयर र एपमार्फत पनि आवेदन दिन सकिनेछ । यस कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ ८६ रूपैयाँ ७८ पैसा रहेको छ । आर्थिृक वर्ष ०७७/७८ सम्मको वास्तविक वित्तीय विवरण अनुसार कम्पनी ४९ लाख ६० हजार रूपैयाँ सञ्चित नोक्सानीमा रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस