aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 
काबेली विकास बैंकको नाफा २ करोड १२ लाख

काबेली विकास बैंकको नाफा २ करोड १२ लाख

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १५ बैशाख २०७६
काबेली विकास बैंकको नाफा २ करोड १२ लाख

काठमाडौं । काबेली विकास बैंक लिमिटेडले चालू आर्थिक वर्ष २०७५/७६ को तेस्रो त्रैमास सम्ममा २ करोड १२ लाख ४ हजार रुपैयाँ नाफा कमाएको छ । यसको यस्तो नाफा गत वर्षको सोही अवधिमा १ करोड १६ लाख ८६ हजार रुपैयाँ थियो ।

यो विकास बैंकले चालू आवको चैतमसान्सम्ममा ८२ करोड १५ लाख रुपैयाँ निक्षेप सकलन गरेर ८० करोड ३४ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । यो बैंकको चुक्ता पुँजी २८ करोड ८२ लाख रुपैयाँ छ भने यसको जगेडा कोषमा ५ करोड १९ लाख रुपैयाँ मात्रै रहेको छ ।

यसले सापटी वापत १ अर्ब ६२ करोड रुपैयाँ लिएको पनि उल्लेख छ । यो विकास बैंकले यस चालू आवको तेस्रो त्रैमाससम्ममा गरेको व्याज आम्दानी ९ करोड  ६२ लाख रुपैयाँ छ भने यसवापत गरेको खर्च ३ करोड ७८ लाख छ । व्याज आम्दानी र खर्च कटाएर भएको कुल व्याज आम्दानी भने ५ करोड ३८ लाख रहेको छ ।

यो संस्थाको पुँजी कोष ३३.५५ प्रतिशत, खराब कर्जा अनुपात २.८९ प्रतिशत छ । यसको कर्जा तथा निक्षेप अनुपात (सीसीडी रेसियो) ६९.५७ प्रतिशत छ भने आधार व्याज दर १०.८८ प्रतिशत रहेको छ ।

यसको बार्षिक प्रतिशेयर आम्दानी ९ रुपैयाँ ९४ पैसा रहेको यो वित्तीय संस्थाको प्रति शेयर नेटवर्थ ११८ रुपैयाँ २८पैसा रहेको यो विकास बैंकले जारी गरेको अपरिष्कृत वित्तीय विवरणमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस