aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

घट्यो सिभिल लघुवित्तको लाभांश, ११.५८ प्रतिशत मात्र गर्‍यो प्रस्ताव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १५ माघ २०७९
घट्यो सिभिल लघुवित्तको लाभांश, ११.५८ प्रतिशत मात्र गर्‍यो प्रस्ताव

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष ०७८/०७९ को लाभांश प्रस्ताव गरेको छ । माघ १३ गते शुक्रवार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूूँजीको आधारमा ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

हाल कम्पनीको चुक्तापूँँजी २८ करोड ८१ लाख २४ हजार रुपैयाँ रहेको छ । सोही पाँजीको आधारमा नेपाल राष्ट्र बैंकको स्वीकृति पछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् मात्र कम्पनीको लाभांश वितरण हुनेछ । 

गत वर्ष कम्पनीले १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गरेको थियो । यस वर्ष भने गत वर्षभन्दा कम लाभांश वितरणको प्रस्ताव कम्पनीले गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस