aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

सनराइज बैंकको थप तीन शाखारहित बैंकिङ्ग सेवा विस्तार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १५ माघ २०७९
सनराइज बैंकको थप तीन शाखारहित बैंकिङ्ग सेवा विस्तार

काठमाडौं । सनराइज बैंक लिमिटेडले बैंकिङ्ग पहुच नपुगेका देशका विभिन्न स्थानमा अत्याधुनिक बैंकिङ्ग सुविधा पुर्याउने उद्देश्यले शाखारहित बैंकिङ्ग सेवा बिस्तार गर्दै आएको छ । सोही क्रममा बंैकले रुपन्देहीको गैडहवा गाउँपालिका वडा नं.–०३ लौन्डिहवा, कैलालीको लम्की–चुहा नगरपालिका वडा नं.–०६, गुलरा र कावासोती नगरपालिका वडा नं.–१, हिमाल चोक, नवलपरासीमा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । 

सो तीन शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसंगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या १०० पुगेको छ । बैंकिङ्ग सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने छ । साथै यस सेवाबाट ग्राहक वर्गले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने बैंकले जनाएको छ । कृषि र रेमिट्यान्स प्रमुख आयस्रोत रहेको सो क्षेत्रका बासिन्दाहरुमा बैंकिङ्ग पहुँच बढाउने उद्देश्यका साथ बैंकिङ्ग सेवा सुरु गरेको बैंकले जनाएको छ ।

सन््राइज बैंकले हालसम्म १३९ वटा शाखा, १०० वटा शाखारहित बैंकिङ्ग सेवा, १३ वटा एक्सटेन्सन काउण्टर र १६१ वटा एटिएम मार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । 

प्रतिक्रिया दिनुहोस