aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

नबिल बैंकको एक लाख ५० हजार कित्ता संस्थापक शेयर विक्रीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १६ माघ २०७९
नबिल बैंकको एक लाख ५० हजार कित्ता संस्थापक शेयर विक्रीमा

काठमाडौं । नबिल बैंक लिमिटेडले १ लाख ५० हजार कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले यस अघि ५० हजार कित्ता र १ लाख कित्ता शेयर विक्रीका लागि सुचना जारी गरेको थियो । 

उल्लेखित शेयर एकमुण्ठ रुपमा विक्री गर्नका लागि बैंकले सोमवार पुनः सुचना जारी गरेको छ । प्रतिकित्ता रू. ४५० तोकिएको उल्लेखित कित्ता शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनीहरूले आगामी सात दिनभित्र आवेदन दिन बैंकले भनेको छ । 

तोकिएको अवधिभित्र प्रतिकित्ता मूल्य समेत अंकित गरी बैंकको केन्द्रिय कार्यालय तिनधारा, काठमाडौंमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्ने बैंकको भनाई छ ।
 

प्रतिक्रिया दिनुहोस