aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

बैंक आतंकविरुद्ध व्यवसायी उत्रिए सडकमा (फोटो फिचर)

  • श्यामसुन्दर गौरो
    श्यामसुन्दर गौरो
  • सोमबार, १६ माघ २०७९
बैंक आतंकविरुद्ध व्यवसायी उत्रिए सडकमा (फोटो फिचर)

काठमाडौं । ‘बैंक सधै नाफामा उद्योगी व्यवसायी घाटामा’ यो प्लेकार्डसहित सोमबार काठमाडौं उपत्यकाका व्यवसायी माइतीघर मण्डलामा नाराजुलसमा उत्रिए । गत हप्ता आत्मादाह गर्ने प्रेम प्रसाद आचार्यको माग सम्बोधन गर्नेदेखि ब्याजदर घटाउनेसम्मका मागहरु उनीहरुका थिए । 

प्रदर्शनमा उत्रिएका व्यवसायीहरुले सरकारले उद्योगी तथा व्यापारीहरुलाई संरक्षण गर्न नसकेको आरोप लगाए । व्यवसायीमैत्री अर्थनीति नल्याउनु र नेपाल राष्ट्र बैंकले मा्रद्रिक नीतिमा साना तथा मझौला उद्योगी व्यवसायीको हित संरक्षणमा ध्यान नदिदाँ अर्थतन्त्र नाजुक बनेको उनीहरुको टिप्पणी थियो । 

विशेषगरि, सरकारका गलत नीति र ऋण तिर्न नसक्दा बैंकहरुले कालोसूचीमा राख्न गर्ने सिफारिसदेखि लिएर चर्को व्याजदरको विरोधमा आफ्नो व्यापार व्यवसया बन्द गरेर आन्दोलनमा उत्रिएका उनीहरुको संघर्षको झल्को हेरौँ, तस्बिरमा 

प्रतिक्रिया दिनुहोस