aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

सहकारीले पिरोलेपछि बालेनले गुहारे गभर्नर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १६ माघ २०७९
सहकारीले पिरोलेपछि बालेनले गुहारे गभर्नर

काठमाडौं । पछिल्लो समयमा सहकारी क्षेत्रमा संकट बढ्दै गएपछि काठमाडौं महानगरपालिकाले चासो देखाएको छ । सहकारीमा देखिएका समस्यालाई समाधान गर्ने विषयमा छलफल गर्न काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी बिच भेटवार्ता गरेका छन् । 

महानगरपालिकाको कार्यालयमा भएको भेटमा स्थानिय सरकारका मातहतमा रहेका सहकारी संस्था लगायत वित्तिय संस्थाहरुको नियमन, निरिक्षण र दुरगामी नीति र कार्यविधी तर्जुमा गर्ने विषयमा केन्द्रीत रहेको महानगरले जनाएको छ । 

सो भेटमा आगामी दिनहरुमा आवश्यक समन्वयन, सहकार्य र छलफल गरेर अगाडि बढ्ने निर्णय भएको महानगरले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस