aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

साना किसान र आरएमडीसी लघुवित्तलाई मर्जरमा जान राष्ट्र बैंकको सैद्धान्तिक सहमति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १६ माघ २०७९
साना किसान र आरएमडीसी लघुवित्तलाई मर्जरमा जान राष्ट्र बैंकको सैद्धान्तिक सहमति

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था र आरएमडीसी लघुवित्त वित्तीय संस्थाले मर्जरका लागि नेपाल राष्ट्र बैंकको सैद्धान्तिक सहमति पाएका छन् । राष्ट्र बैंकले विभिन्न शर्तहरु सहित यी दुई लघुवित्तलाई मर्जरका लागि सैद्धान्तिक सहमति दिएको हो ।

साना किसान र आरएमडीसी लघुवित्तले गत भदौ ३१ गते एक आपसमा मर्जरमा जाने समझदारी पत्रमा हस्ताक्षर गरेका थिए । यी दुई कम्पनीले १००ः८७ शेयर स्वाप अनुपातमा मर्जरमा जाने सहमति गरेका हुन ।

अर्थात, आरएमडीसी लघुवित्तको १०० कित्ता शेयरलाई मर्जरपछि बन्ने कम्पनीको ८७ कित्ता शेयर कायम हुनेगरी स्वाप रेसियो तय गरिएको हो । मर्जरपछि साना किसान आरएमडीसी लघुवित्त वित्तीय संस्थाको नामबाट कारोबार गर्नेगरी प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।


    
 

प्रतिक्रिया दिनुहोस