
ग्रामिण तथा दुर्गम स्थानहरुमा समेत आफ्नो उपस्थिति लाई थप दरिलो बनाउने क्रमसँगै एन आई सी एशिया बैंकले काठमाडौं उपत्यका भित्र तीन,काभ्रेमा एक, पोखरामा एक, नुवाकोटमा दुई र पर्सा जिल्लामा १ गरि ८ नयाँ शाखा कार्यालयहरुको औपचारिक उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ ।
पोखरा महामनगरपालिका वडा नं १०, अमरसिंह चोक, स्थित अमरसिंह चोक शाखाको नेपाल राष्ट्र बैंक पोखरा कार्यालयका निर्देशक डा.डिल्ली राम पोखरेलज्यू र बैंकका गण्डकी प्रदेश प्रमुख दिपेन्द्र शर्माबाट,नार्गजुन नगरपालिका वडा नं.४ सितापाईला स्थित सितापाईला शाखा कार्यालयको नार्गजुन नगरपालिकाका मेयर मोहन बस्नेतबाट, काठमाडौं महानगरपालिका वडा नं ३१, शंखमुल स्थित शंखमुल शाखाको सोहि वडाका वडा अध्यक्ष नारायण प्रसाद भण्डारीबाट गरेका हुन् ।
यसैगरी, ललितपुर उपमहानगरपालिका वडा नं १८ भैसेपाटी स्थित भैसेपाटी शाखाको सोहि वडाका वडा अध्यक्ष पुरोषोतम खड्काबाट, बिदुर नगरपालिका वडा नं १, त्रिशुली बजार, नुवाकोट स्थित त्रिशुली बजार शाखाको मेयर सन्जु पण्डितबाट, बिदुर नगरपालिका वडा नं १०, बेत्रावती बजार, नुवाकोटस्थित बेत्रावती बजार शाखाको सोहि वडाका वडा अध्यक्ष गणेश कुमार नेपालबाट, धुलिखेल नगरपालिका वडा नं. ४, काभ्रे स्थित धुलिखेल शाखा कार्यालयको धुलिखेल नगरपालिकाका प्रमुख अशोक कुमार ब्याञ्जुबाट तथा पर्सा जिल्लाको छिपरमाई गाउँपालिका वडा नं. ५ पर्सा स्थित भिस्वा शाखाको छिपरमाई गाउँपालिका अध्यक्ष मनोज कुमारबाट शुक्रबार छुट्टा—छुट्टै समारोहका बिच उद्घाटन भएको हो ।
बैंकको मुलुकभर २८१ शाखा कार्यालयहरु, २८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस