aarthiknews.com बुधबार, २२ जेठ २०८२   Wednesday, 04 June, 2025
 

एक्सेल डेभलपमेन्ट बैंकको ३७ हजारबढि कित्ता संस्थापक शेयर विक्रीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १७ माघ २०७९
एक्सेल डेभलपमेन्ट बैंकको ३७ हजारबढि कित्ता संस्थापक शेयर विक्रीमा

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले ३७ हजार ५०० कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यो शेयर विक्रीमा ल्याएको हो । 

उल्लेखित शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापकहरूले आगामी ३५ दिनमित्र बैंकको केन्द्रिय कार्यालय बिर्तामोड, झापामा गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । 

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा यो शेयर जारी गरिने जानकारी कम्पनीले दिएको छ ।
 

प्रतिक्रिया दिनुहोस