aarthiknews.com बुधबार, २२ जेठ २०८२   Wednesday, 04 June, 2025
 

कामना सेवा विकास बैंकका सिईओ बस्नेतसहित चार जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १८ माघ २०७९
कामना सेवा विकास बैंकका सिईओ बस्नेतसहित चार जना पक्राउ

काठमाडौं । कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) प्रविण बस्नेत पक्राउ परेका छन् । बैंकिङ कसुर सम्बन्धी मुद्दामा बस्नेतसहित चार जनालाई पक्राउ गरिएको हो ।

श्रोतका अनुसार पक्राउ पर्नेमा बस्नेतसहित हरेन्द्र दाहाल, चन्द्रबहादुर थापा र वीरेन्द्र सिंह भण्डारी छन् ।  काठमाडौंको ज्ञानेश्वरमा मुख्य कार्यालय रहेको यस बैंकले ऋण अपचलन लगायतका कार्यहरु गरेको आरोप लाग्दै आएको थियो ।   बैंकका स्रोतका अनुसार बैंकबाट विभिन्न फर्जी कम्पनीहरु खडा गरेर त्यसका नाममा ऋण दिइएको थियो ।  

प्रतिक्रिया दिनुहोस